उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृ*त फेला

सारांश

  • उदयपुरको चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ ।
  • चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राईको शव भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टरु) बबिन राईले जानकारी दिए ।
  • उनले भने, ‘त्रियुगाको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता युवक मृत भेटिएको छ ।

२४ असारकाठमाडौं ।

उदयपुरको चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ ।चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राईको शव भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टरु) बबिन राईले जानकारी दिए ।

उनले भने, ‘त्रियुगाको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता युवक मृत भेटिएको छ । हिजोदेखि खोजी कार्य जारी राखेका थियौं।‘  उनका अनुसार सशस्त्र प्रहरीको टोलीले भत्किएको पुलबाट उनको शव निकालेको छ । शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ । सोमबार सुरजसँग उनका साथीहरू प्रताप राई र सुरेश माझी पनि नुहाउन आएका थिए । तर, सुरज माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?