राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २३, २०८०
|
|
४५ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

सारांश

  • राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्।
  • निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ।
  • आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ।

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ।

आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय भने मंगलबारलाई निर्धारण गरिएको छ। संघीय संसद्‌को माथिल्लो सदन (राष्ट्रिय सभा)का १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधिक आगामी फागुन २० गतेदेखि सकिँदैछ। फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्। पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

राष्ट्रपतिबाट मनोनित बाहेक १९ जना सदस्य निर्वाचित गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो। यसपटक राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले साझा उम्मेदवार उठाउने भएका छन्। नेकपा एमाले भने एक्लै चुनाव लड्नेछ। सत्तारुढ गठबन्धनमा सिटहरुको बाँडफाँट समेत भइसकेको छ। गठबन्धनमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एउटा सिटमा उम्मेदवार उठाउने समझदारी बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श
पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार
पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार
चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव
चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
सप्तरीमा करेन्ट लागेर ७० वर्षीया महिलाको मृ*त्यु
सप्तरीमा करेन्ट लागेर ७० वर्षीया महिलाको मृ*त्यु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो