युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
१२२ पटक हेरिएको
Shares
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार

सारांश

  • स्थानीय सरकार‌को बेवास्ता र चासो नपुगेपछि युवाहरूले सामूहिक श्रमदान र सहयोग संकलनमार्फत मन्दिर पुनर्निर्माणमा हात हालेका हुन्।
  • लामो समयदेखि जीर्ण अवस्थामा रहेको मन्दिरमा रंगरोगन, बत्ती जडान र सरसफाइको काम स्थानीय युवाहरूको सक्रियतामा सम्पन्न गरिएको हो।
  • युवाहरूले आफैँले खर्च र श्रम जुटाएर मन्दिरलाई नयाँ र आकर्षक स्वरूप दिएका छन्।

 

सर्लाही | कविलासी नगरपालिका–४, हेमपुरस्थित ऐतिहासिक जिरानी माई मन्दिरको जीर्णोद्धार स्थानीय युवाहरूले आफ्नै पहलमा सम्पन्न गरेका छन्। स्थानीय सरकार‌को बेवास्ता र चासो नपुगेपछि युवाहरूले सामूहिक श्रमदान र सहयोग संकलनमार्फत मन्दिर पुनर्निर्माणमा हात हालेका हुन्।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको मन्दिरमा रंगरोगन, बत्ती जडान र सरसफाइको काम स्थानीय युवाहरूको सक्रियतामा सम्पन्न गरिएको हो। युवाहरूले आफैँले खर्च र श्रम जुटाएर मन्दिरलाई नयाँ र आकर्षक स्वरूप दिएका छन्। अहिले मन्दिर झिलिमिली बत्ती र चम्किला रंगले झन् मनमोहक बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?