पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन

सारांश

  • भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब २२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको छ ।
  • तर, कुनै पनि महिना लक्ष्य भने भेटिएन ।
  • विभागले असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

१४ कात्तिक, काठमाडौं ।

भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब २२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको छ । तर, कुनै पनि महिना लक्ष्य भने भेटिएन । विभागले असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यस अवधिमा संकलन लक्ष्यको ८४.९ प्रतिशत मात्र प्राप्त भएको छ ।

यस वर्ष सरकारले भन्सार विभागबाट ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । पहिलो तीन महिनामा १ खर्ब २२ अर्ब ७ करोड उठेको छ । जुन पूरा लक्ष्यको २०.८ प्रतिशत हो । मासिक तथ्यांक अनुसार कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व उठ्न सकेको छैन । विभागका अनुसार साउनमा ४५ अर्ब ७१ करोड राजस्व संकलनको लक्ष्य थियो ।

संकलन भने ३७ अर्ब ९ करोड भएको छ । भदौमा ४८ अर्ब ५० करोडको लक्ष्य राखिएकोमा ४१ अर्ब ६ करोड मात्र उठेको छ । असोजमा ४९ अर्ब ५५ करोडको लक्ष्य राखेकोमा ४३ अर्ब ९१ कारेड रुपैयाँ मात्र संकलन भएको छ । तीन महिनामा लक्ष्यको क्रमशः ८१.१, ८४.७ र ८८.६ प्रतिशत राजस्व उठेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक
विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
इजरायली आक्रमणमा दुई जनाको मृत्यु
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
दिल्लीविरुद्ध नेपाली महिला क्रिकेट टिमको सान्त्वना जित
दिल्लीविरुद्ध नेपाली महिला क्रिकेट टिमको सान्त्वना जित

तपाईंले छुटाउनुभयो कि?