वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

सारांश

  • वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् ।
  • गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।
  • वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिनुभयो ।

१२ कात्तिक, वीरगञ्ज।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिनुभयो । “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिदा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ ।” जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

जबकि गत आवको तीन महिनाको सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने
जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने
बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन