विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
७ कात्तिक, हेटौंडा ।
मकवानपुरको ईन्द्रसरोवरस्थित सुकौराको एक घरमा विद्युतको तार सर्ट भएर घरमा आगलागी हुँदा १३ लाख मूल्य बराबरको क्षति भएको छ । तिहारको टीका दिन अर्थात बिहीबार अपरान्ह ईन्द्रसरोवर गाउँपालिका–२ सुकौराका सोमलाल गोलेको घरमा विद्युतको तार सर्ट भएर आगलागी भएको थियो ।
ढुङ्गा माटोको गारो र ढुङ्गाकै छाना भएको २ तले कच्ची घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा २ लाख रुपैयाँ, २ तोला सुन, ४ तोला चाँदी, टिभी, अन्नपात, भाँडाकुडा, कपडा र खाँट जलेर खरानी भएको थियो । आगलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।





Post Comment