वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम
२० पुस, सर्लाही। ब्रह्मपुरि गाउँपालिकाको आयोजनामा वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम सम्पन्न भएका छन् ।
निज कार्यक्रमको प्रमुख अतिथीको रुपमा गाउँपालिका अध्यक्ष रामपदारथ साह,गाउँपालिका उपाध्यक्ष श्यामकला यादव र प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत थिए भने अन्य उपस्थितिमा पालिकाका बिभिन्न पदमा कार्यरत कर्मचारीहरु रहेका थिए। यस् कार्यक्रममा वैदेशिक रोजगारमा गएका ब्यक्तिहरुको श्रम स्वीकृति तथा कल्याणकारी सेवाहरुमा स्थानीय तहको जिम्मेवारीको बारेमा स्पष्ट पारिएको थियो। अहिले सम्म ब्रह्मपुरि गाउँपालिमा जम्मा १०६७ जनाको श्रम स्वीकृति भइसकेको भन्दै रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार सहायक राम आलोक यादवले बताएका छन्। अन्य
कल्याणकारी सेवा अन्तर्गत विभिन्न ९ वटा सेवाहरु पर्दछन जसमध्ये अहिले स्थानीय तहहरुले ६ वटा सेवाहरु उपलब्ध गराईरहेका छन् जसमा राहत उद्दार तथा कल्याणकारी कार्यहरुमा
१.बिदेशमा अलपत्र परेका कामदारको उद्दार
२.बिदेशमा मृत्यु भएका कामदारको शव झिकाउने र घर ठेगानासम्म पुर्याउने
३ मृत्यु भएका कामदारका हकदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने
४.अंगभंग भएका कामदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने,
५.कामदारको परिवार गम्भीर विरामी भएमा तोकिए बमोजिम दिईने उपचार सहयोग प्रदान गर्ने, वैदेशिक रोजगारीको क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको छोरा छोरीलाई छात्रवृति प्रदान गर्ने,
६.वैदेशिक रोजगारमा गएका कामदारका लागि कानूनी प्रतिरक्षा तथा परामर्शका लागि सहयोग गर्ने,
७• नेपाली राजदूतावासबाट सुरक्षित गृह सञ्चालन (Bahrain, Kuwait, Qatar and UAE)
८• स्वदेश फर्किएका कामदारलाई पुर्नएकीकरण तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्ने।
९.टेलीमेडिसिन सेवा (धपः २००९ चैत्र १५ देखि )
यस अन्तरगत अनलाइन मार्फत फारम भर्नको लागि सहजिकरण गर्ने जुन काम वैदेशिक रोजगार बोर्डबाट हुन्छ, त्यही काम यहाँ स्थानिय तहबाटै हुनेभएको छ भन्दै रोजगार सहायक राम आलोक यादवले बताएका छन्। यस सम्बन्धि ऐन, नियमावली २०६४ अन्तरगत नै राखिएको तर अहिले सम्म धेरै ब्यक्तिहरुले थाहा नपाएर यो सेवा नलिईएर वञ्चित भईरहेको अवस्था देखिएको छ। यस अन्तर्गत अहिले विदेशमा गएर मृत्युभएका ब्यक्तिहरुको शव ल्याउनको लागि यस रोजगार सेवा केन्द्रबाट अनलाइन निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
विदेशबाट मृतक ब्यक्तिको शव काठमाडौं आईसकेपछि निशुल्क घरसम्म शव ढुवानीका लागि पनि अनलाइन निवेदन दिन सकिन्छ त्यसैगरी कोही विदेशमा गएर अङ्गभङ्ग भएर फर्किनुभयो भने उहाँको परिवारलाई आर्थिक सहायताको लागि पनि रोजगार सेवा केन्द्रबाट निवेदन दिन सकिन्छ भन्दै रोजगार सहायक राम आलोक यादवले बताएका छन्।
त्यस्तै मृत्यु भएका घरपरिवारले आर्थिक क्षतिपुर्तिको रुपमा ७ लाख रुपैयाँ प्राप्त गर्न सकिने र सो ७ लाख रुपैयाँका लागि पनि रोजगार सेवा केन्द्रबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको देखिन्छ । रोजगार सहायक राम आलोक यादव भन्छन् “फाल्गुन देखी हामीले यो सेवा दिईरहेका छौं, र यसमा सेवा पाएर सेवाग्राही अत्यन्तै सन्तुष्ट पनि देखिएको छ ।यसैगरी कोही वैदेशिक रोजगारी गएर समस्यामा पर्यो, हरायो भने उद्धार तथा खोज तलासका लागि पनि रोजगार सेवा केन्द्रबाट निवेदन दिन सकिने व्यवस्था दिएका छन्।
यस अन्तरगत वैदेशिक रोजगारीमा गएका ब्यक्तिका परिवार जसमा श्रीमति, छोरा–छोरी, आमा–बुवा पर्यो भने उहाँहरु कोही बिरामी हुनुभयो, भने स्वास्थ्य उपचार खर्च भनेर ५० हजार रुपैयाँ सम्म दिने व्यवस्था छ जसमा ५ प्रकारका रोगहरु समावेश गरिएको छ जुन क्यान्सर, मृगौला, मुटु, अल्जाइमर, पार्किन्सनमा केहि समस्या परेमा उक्त सुबिधा प्रदान गरिन्छ भन्दै कार्यक्रम प्रस्तोता तथा रोजगार सहायक राम आलोक यादवले जनाएका छन्।