Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
४२ पटक हेरिएको
Shares
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह

सारांश

  • मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउतले आफूलाई वन म्यान आर्मी बुझेकै कारणले आज पार्टी फुट्को आरोप लगाएका छन् ।
  • जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै पूर्व मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतले जहिले पनि एकलौटी गर्न खोजेको आरोप लगाएका छन् ।

३० असोज, जनकपुर ।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफूलाई वन म्यान आर्मी बुझेकै कारणले आज पार्टी फुट्को आरोप लगाएका छन् । जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै पूर्व मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतले जहिले पनि एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । सिंहले अध्यक्ष राउतलाई भगवान शिवको संज्ञा दिदै पार्टीका कार्यकर्ताहरुलाई भस्मासुरको जस्तो भूमिका खेप्नु परेको सुनाए । कुनै पनि पार्टीमा अध्यक्षले मात्र चलाउन नसक्ने सिंहले बताए । उनले पार्टीमा उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यलगायत सबैको योगदान हुने बताए ।

तर जनमतका अध्यक्ष डा. राउतले आफू बाहेक कसैको पनि कुरा नसुन्ने र आफूलाई जे चाहियो त्यो मात्र गर्ने गरेको पूर्व मुख्यमन्त्री सिंहले बताए । जनमत पार्टी अध्यक्ष डा. राउतले गठबन्धनमा रहेर गठबन्धनमै रहेका अन्य पार्टीहरुलाई गाली गर्ने गरेको सिंहले बताए । पूर्व मुख्यमन्त्री सिंहले नयाँ बनेको मधेश प्रदेश सरकारलाई संघीयता बचाएर राख्न आग्रह गरे । उनले मधेश प्रदेश र मधेश प्रदेशवासीका लागि संघीयता अतिआवश्यक रहेकोले यसलाई बचाउन प्रदेश सरकार मात्र नभई सम्पूर्ण प्रदेशवासीले पनि आआफ्नोतर्फबाट लाग्न आग्रह गरे । जेन जी आन्दोलन पछि नष्ट भएका सरकारी संरचना तथा कार्यालयका आवश्यक सरसामानहरुको यकिन हिसाँब किताब राख्न उनले नयाँ सरकारलाई सुझाव दिए । बँचेका सामानहरु पनि कसैले लगेर जेन जी आनदोलनमा नष्ट भयो भन्ने नहोस भनेर उनले सुझाव दिए । पूर्वमुख्यमन्त्री सिंह जनमत पार्टीबाट फुटेर बनेको जन स्वाराज पार्टीमा गएका छन् । आज मधेश प्रदेशका नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् भने पूर्व मुख्यमन्त्री सिंहको पद आजबाट समाप्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरको पुलचोकमा सडक भासियो
ललितपुरको पुलचोकमा सडक भासियो
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल