असंवैधानिक सरकारका कार्य वैधानिक हुदैन : अध्यक्ष ठाकुर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
असंवैधानिक सरकारका कार्य वैधानिक हुदैन : अध्यक्ष ठाकुर

सारांश

  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताएका छन् ।
  • यधपी विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको उनको भनाइ छ ।
  • रौतहट सदरमुकाम गौरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषणा गरेपनि पर्याप्त समय र गृहकार्य नभएको बताए ।

२८ असोज, रौतहट ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताएका छन् । यधपी विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको उनको भनाइ छ । रौतहट सदरमुकाम गौरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषणा गरेपनि पर्याप्त समय र गृहकार्य नभएको बताए । अबको पाँच महिना भित्र चुनावको आवश्यक सामग्री र कर्मचारी ठाँउ÷ठाँउमा पुर्याउन चुनौती रहेको उनको भनाइ छ ।

उनले मधेशी जेनजीवादीहरु आफूसँग भेट गरेको स्विकार गर्दै उनले चुनावमा सहयोग गर्न भनेको बताए ।‘हाम्रा उम्मेदवार नभएको स्थानमा सहयोग गर्ने कुरा भयो’, उनले भने, ‘मधेशी जेनजीवादीहरुले मधेशकै मुद्दा उठान गरेका छन ।’ यस्तै गौरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संघीयता माथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने चेतावनी दिएका छन् । ‘प्रदेश सभा भंग गर्ने हल्ला चलेको छ, यदि यस्तै भयो भने हामी सडकमा हुन्छौ,’ अध्यक्ष ठाकुरले भने। मधेशका अधिकारहरू लडेर प्राप्त गरिएको भन्दै उनले कसैको दयाले नभई संघीयता सयौं सहिदहरूको बलिदानीबाट प्राप्त उपलब्धि भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ