लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता

सारांश

  • जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालत लयमा फर्किन थालेको छ ।
  • सर्वोच्च अदालत प्रशासनले आज असोज २८ गतेदेखि रिट निवेदन दर्ता गर्ने जनाएको छ ।
  • मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ ।

२८ असोज, काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालत लयमा फर्किन थालेको छ । सर्वोच्च अदालत प्रशासनले आज असोज २८ गतेदेखि रिट निवेदन दर्ता गर्ने जनाएको छ । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ । सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो । आगजनीका कारण अधिकांश मुद्दाका मिसिल र पुराना कागजात जलेर खरानी भएका थिए । त्यसयता सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । यसअघि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ भने टेन्ट टाँगेर दिएको थियो । नियमित अन्य सेवा प्रवाहको भने अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
नेपाल फर्कन चाहने कतारका नेपालीलाई आवेदन दिन दूतावासको विशेष अनुरोध
नेपाल फर्कन चाहने कतारका नेपालीलाई आवेदन दिन दूतावासको विशेष अनुरोध
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो  :  राष्ट्रपति
२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो : राष्ट्रपति
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा