२४ माघ २०८२, शुक्रबार

राष्ट्रपति पौडेललाई बान्ता र चक्कर

२५ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता कार्यक्रम तय गरेका थिए । तर, एक्कासी उनी बिरामी भए । उनलाई अहिले महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । अस्पताल स्रोतका अनुसार, उनलाई बान्ता र चक्कर लागेपछि अस्पताल लगिएको हो ।

‘उहाँले सुरुमा चक्कर लाग्यो भन्नुभएको रहेछ, पछि निरन्तर बान्ता पनि हुन थालेपछि अस्पताल ल्याइएको हो,’ अस्पताल स्रोतले बतायो । स्रोतका अनुसार, उनलाई पोजसनल भर्टिगो (द्यएएख्) भएको हो । यो रोग लागेका मान्छेहरू अचानक टाउकोभित्र केही घुमिरहेको जस्तो महसुस गर्छन् । जसले हल्कादेखि तीव्र चक्कर लाग्ने लक्षणहरू देखा पर्छन् । राष्ट्रपति पौडेललाई पनि त्यही भएको र अहिले अवस्था सामान्य भएको चिकित्सकहरूले बताएका छन् । उनलाई आज वा भोलि नै डिस्चार्ज गर्नेगरी छलफल भएको पनि एक चिकित्सकले बताए । जेनजीसँगको अर्को वार्ता आगामी सोमबार हुने बताइएको छ ।

Post Comment

छुटाउनुभयो कि ?