बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
२४ असोज, सर्लाही ।
सर्लाहीको लालवन्दीमा बाल संबेदनयसील अभिभावकत्व संवन्धी एक दिने सहजकर्तालाई तालीम प्रदान गरिएको छ । घरका अभिभावकको रुपमा रहेका परिवारका हेचाहा देखि पालन पोसन गर्ने बाल बालीकाको हेचाहामा पुर्याउनु पर्ने ध्यानको बिषयमा कायक्र संपन्न गरिएको हो । सर्लाहीको हिरिपुर २ मा रहेको ग्रामिण नारि उत्थान संङको आयोजनामा एकदिवसिय सहजकर्तालाई तालीम संपन्न गरिएको छ । ईश्वरपुर र हरिपुर नगर पालीकाका ३१ सहजकर्ताहरुलाई तालीम प्रदान गरिएको हो । यो तालिम विशेष गरी कार्यक्रम क्षेत्रका वडा कार्यालयहरुबाट सिफारिस गरी आएका तथा ग्रामिन नारि उत्थान संङबाट लिखित परिक्षा तथा अन्र्तवार्ताबाट छनौट भएका ३१ जना सहजकर्ताको लागि तालीम प्रदान गरिएको हो । सेभ द चिल्डेनको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामिण नारि उत्थान संघदारा संचालन गरेकको पहँुुच परियोजनाका प्रमुख आशिष रेग्मीले जानकारि दिनु भयो ।
यो तालीमले आत्माविश्वासका साथ बाल संबेदनशील अभिभावकत्व कार्यक्रम समुदाय स्तरमा प्रभावकारी ढंगले संचालन गर्न महत्वपुर्ण भुमिका खेल्नेमा विश्वास पहँुुच परियोजनाका प्रमुख आशिष रेग्मीले व्यक्त गर्नुभयो ।
सेभ द चिल्डेनको पहुँच परियोजनाकी संयोजक अनिता तामाङले सहभागी सहजकताहरूलाई ‘सुनौलो पल’मा बालबालिकाको हेरचाह कसरी गर्ने, उनीहरूको शारीरिक तथा मानसिक विकासमा कमी नआउने गरी के–कसरी ध्यान दिनुपर्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको ग्रामिण नारी उत्थान संघका सचिव सूर्य चालिसेले जानकारी दिनुभयो। बालबालिकाको पाँच वर्षभन्दा कम उमेरमा शारीरिक तथा मानसिक विकासको संवेदनशील चरण हुने भएकाले यस अवधिमा अभिभावकले बालबालिकालाई पर्याप्त समय दिनु अति आवश्यक भएको उपाध्यक्ष विष्णु चालिसेले बताउनुभयो ।
उहाँका अनुसार, साना बालबालिकामा जिज्ञासा बढी हुने भएकाले उनीहरूलाई बुझ्ने, बुझाउने, सिकाउने र हेरचाह गर्ने क्रममा समय दिनु विशेष आवश्यक छ। अध्यक्ष गोमा देवी न्यौपानेका अनुसार, यदि बालबालिकालाई जिज्ञासा मेट्ने क्रममा खोजमूलक बनाइयो भने उनीहरूमा सोच्न सक्ने क्षमता, आफ्ना विचार व्यक्त गर्ने बानी र समग्र क्षमता विकासमा उल्लेखनीय सुधार आउने बताउनुु भयो । यदि सानै उमेरदेखि बालबालिकालाई फलफूल, घरमै पकाइएको पोषणयुक्त खाना खुवाउने बानी बसालियो भने उनीहरूको शारीरिक र मानसिक विकासमा ठूलो सकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले बाहिरी खाना भन्दा घरको सफा, पोषणयुक्त भोजन खुवाउने बानी बसाल्ने र सो विषयमा अभिभावक तथा समुदायलाई निरन्तर जानकारी दिन आवश्यक रहेको बताइएको छ।
यस परियोजनाले सन २०२२ देखि हाल संचालनमा रेहेको यो परिपोजनाले माहिला, बाल बालीका तथा सामाजीक सुुरक्षाको क्षेत्रमा काम गरि रहेको छ । तालिममा सहभागि सहजकर्ताहरूले ईश्वरपुर र हरिपुर नगरपालिकामा पाँच वर्ष मुनीका बाल बालीका, जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षीत गरि यो परियोजनाले संचालन भएको छ ।







Post Comment