सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु
२४ असोज, सर्लाही ।
सर्लाहीमा नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका – १० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेका थिए । उनलाई तत्कालै उद्धार गर्ने प्रयास भए पनि बचाउन सकिएन । सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी



Post Comment