बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार

सारांश

  • गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको तीन स्थानमा डाइभर्सन बनेको छ ।
  • काभ्रे खण्डको रोशी गाउँपालिका ७ मा रहेको घुमाउनेमा डाइभर्सन बनेको छ ।
  • डाइभर्सन बनेपछि कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म सहजै दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।

२३ असोज, काभ्रेपलाञ्चोक ।

गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको तीन स्थानमा डाइभर्सन बनेको छ । काभ्रे खण्डको रोशी गाउँपालिका ७ मा रहेको घुमाउनेमा डाइभर्सन बनेको छ । डाइभर्सन बनेपछि कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म सहजै दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । तर चौकीडाँडामा डाइभर्सन निर्माण पश्चात मात्र चारसयबेसीसम्म गाडी चढेर जान सकिन्छ । बीपी राजमार्गको काभ्रे खण्डमा पाँच र सिन्धुली खण्डमा एक स्थानबाट डाइभर्सन बनिरहेको छ ।सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार काभ्रे खण्डको चौकीडाँडा, चारसयबेसी, पिन्थली र भ्याकुरेखोलामा डाइभर्सन बनाउने काम भइरहेको छ ।

काभ्रे खण्डमा १२ वटा स्काभेटर, ४ वडा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरेर डाइभर्सन बनाउने काम भइरहेको छ । साँझसम्म सिन्धुली खण्डमा डाइभर्सन बनिसक्ने बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फ नेपालथोक र बालुवामा डाइभर्सन बनेको छ । बालुवा भन्दा थोरै माथि रोशीले नयाँ कटान गरेकाले खोला फर्काएर डाइभर्सन बनाउने काम भइरहेको छ । साँझसम्म सिन्धुली खण्डमा डाइभर्सन बनिसक्ने सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए । काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको छ । दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको छ ।

बिपी राजमार्गमा बाढीले १६ वटा डाइभर्सन बगाइएको थियो । रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको छ । त्यस्तै बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थानमा डाइभर्सन बगाएको छ । गत असोजमा बगेर बनाइएको डाइभर्सन यो पटक सबै बगाएको छ । कुलमान घिसिङले बीपी राजमार्ग निरीक्षण गर्दै यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग चौकीडाँडा-नेपालथोक खण्डमा भइरहेको डाइभर्सन निर्माणको काम अनुगमन गर्ने भएका छन् । रोशीले बीपी राजमार्ग बगाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री कुलमान घिसिङले ३–४ दिनभित्रमा राजमार्ग सुचारु गरिने बताएका थिए । तर उनले भनेको समय गुज्रेपछि उनी अनुगमनमा आउन लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १५ जना पक्राउ
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार