४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
३७ पटक हेरिएको
Shares
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

सारांश

  • बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.
  • ३६ अंकले घट्दै २५५९.
  • ५९ विन्दुमा पुगेको छ ।

२२ असोज, काठमाडौं ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् । अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले  अगाडि छन् । त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ । त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त (३.०९ प्रतिशत) र होटल–पर्यटन (३ प्रतिशत) उपसमूह सबैभन्दा बढी घटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल
सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
सीमाको समस्या समाधानका लागि स्थलगत अध्ययन आवश्यक : गृहमन्त्री गुरुङ
सीमाको समस्या समाधानका लागि स्थलगत अध्ययन आवश्यक : गृहमन्त्री गुरुङ