देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

सारांश

  • कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरू गरेको छ ।
  • मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।
  • बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

२२ असोज, काठमाडौँ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ ।

बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ विजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ । विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा
च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा
राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त