Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
११२ पटक हेरिएको
Shares
काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो

सारांश

  • कानुन विपरित भूक्तानीमा सहयोग नगरिदिएको झोँकमा भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका लेखापाल माथि कालोमोसो दलिएको छ ।
  • सोमबार चन्द्रनिगाहपुरको एक होटलमा बसिरहेको कार्यालयमा लेखा अधिकृत सुदीप गौतममाथि कालोमोसो दलिएको हो ।
  • पछिल्लो लामो समयदेखि कानुन विपरितको भूक्तानी गर्न लेख प्रमुखमाथि दबाब बनाएका बिक्की पाण्डेले सोमबार आक्रोसित हुदैँ कालोमोसो दलेको हो ।

२१ असोज, रौतहट।

कानुन विपरित भूक्तानीमा सहयोग नगरिदिएको झोँकमा भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका लेखापाल माथि कालोमोसो दलिएको छ । सोमबार चन्द्रनिगाहपुरको एक होटलमा बसिरहेको कार्यालयमा लेखा अधिकृत सुदीप गौतममाथि कालोमोसो दलिएको हो । पछिल्लो लामो समयदेखि कानुन विपरितको भूक्तानी गर्न लेख प्रमुखमाथि दबाब बनाएका बिक्की पाण्डेले सोमबार आक्रोसित हुदैँ कालोमोसो दलेको हो ।

प्रत्यक्षदर्शीका अनुसार सोमबार एक होटलमा बसेको लेखा अधिकृत गौतमलाई भेट्ने भन्दैँ नेकपा माओवादी निकट मानिने बिक्की पाण्डे होटल पसेका थिए । होटल बाहिर केहि अराजक समूहहरुलाई राखेर अधिकृत गौतमलाई कुरेर बसेको र अधिकृत गौतम सहित केहि ब्यक्ति बसेको होटलको क्याविनमा एक्कासि छिरेर कालोमोसो दलेको बताइएको छ । सुरुमा हातपात गर्ने योजनामा रहेको सो समूहहरु गुण्डागर्दी शैलीमा कालोमोसो दलिएको होटलमै रहेको एकजना प्रत्यक्षदर्शीले बताएका हुन् । स्रोतका अनुसार बिक्की पाण्डे भनिने व्यक्ति समूहले केहि समय अघि सो कार्यालयबाट काम गरेको थियो ।

तर सो काम उनीहरुको प्रक्रिया नमिलेपनि भूक्तानी मागिएको दाबी छ । पछि प्रक्रिया मिलाउन भन्दैँ अर्कै कुनै समूहले लेखा अधिकृतको गौतमको नाम कमिसन लिएको पाइएको थियो । आफूँसँग कुनै कनेक्सन नै नरहेको व्यक्तिले कमिसन लिएको भइपनि आफूँमाथि लगाइएको अधिकृत गौतमको भनाई छ । यो विषयसँग मेरो कुनै लेनादेना नै छैन्, पुर्वाग्रह राखेर मेरो नाम मुँछिएको छ । अधिकृत गौतमले भने उनले जसले लिएको छ त्यो व्यक्तिसँग मिलाउनु भन्दैँ आग्रह गरिएपनि दोस थुपारेर आफूँमाथि यस्तो गैरकानुनी घटना घटाइएको छ । अधिकृत गौतममाथि कालोमोसो दलिने बिक्की पाण्डे समूह विवादित पृष्ठभूमिको रहेको पाइएको छ । स्रोतका अनुसार केही समय उनी एकजना नाबालिक युवतिसँग विवाह गरेर उनीमाथि पटक पटक घरेलु हिंसा समेत गरेको थियो ।

पछि सो युवती बालिक भएपछि डिर्भोस लिई देशवाहिर उडेको स्रोतको भनाई छ । त्यस्तै पछिल्लो समय उनी विभिन्न कार्यालयको काम लिने माफियागिरीमा उत्रेको नजिकबाट चिन्नेहरुको दाबी छ । काम लिने, काम नगर्ने र अनावश्यक विवाद समेत खडा गरी भूक्तानी लिने गरेको पाइएको छ । त्यस्तै जेनजी प्रदर्शनको आँडमा सरकारी कार्यालय र नेपाली काँगे्रसका प्रतिनिधि सभा सदस्य देवी प्रसाद तिम्लिसनाको घरमा समेत आगजानी गरेको पाइएको छ । साथै पाण्डेले सोही घरमा रहेको सरकारी कार्यालय र सरकारी गाडीहरुमा समेत आगजनी गरेको थियो । साथै, काम नगर्ने कर्मचारीमा जाईलाग्ने हुलहुज्जत र बेज्जती समेत गर्ने गरेको स्रोतको भनाई छ । उनी विरुद्ध रौतहटको विभिन्न स्थानमा जाहेरी, मुद्दा र निवेदन रहेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश