अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो

सारांश

  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरूकै भएको बताएका छन् ।
  • ‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ, अर्थ मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन र सहजीकरण गर्ने हो ।
  • विनियोजित बजेट कार्यान्वयन तथा खर्च प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो ।

 

१० वैशाख, काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरूकै भएको बताएका छन् । ‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ, अर्थ मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन र सहजीकरण गर्ने हो ।विनियोजित बजेट कार्यान्वयन तथा खर्च प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो ।’

अर्थमन्त्री पौडेलले बेरुजु फर्स्योट, वैदेशिक लगानी सहजीकरण, पूँजी परिचालन, आधुनिक प्रविधि प्रयोग, सेवा प्रवाह लगायत ध्यान दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । नेपाल राष्ट्र बैंकका कामु गभर्नर निलम ढुंगानाले परिसूचकहरूले अर्थतन्त्र बिस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिइन् । अर्थ सचिव घनश्याम उपाध्यायले नियमन र कारबाही प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको बताए । राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताए । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले आगामी वर्षका लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रक्रिया अघि बढेको जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ