Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
१०७ पटक हेरिएको
Shares
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु

सारांश

  • असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुन: बनाउन सुरु भएको छ ।
  • रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन सुरु भएको जानकारी दिए ।
  • खोलाको बहाव केहि कम भएपछि डाइभर्सन बनाउन सुरु भएको हो ।

२० असोज, काभ्रेपलाञ्चोक ।

असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुन: बनाउन सुरु भएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन सुरु भएको जानकारी दिए । खोलाको बहाव केहि कम भएपछि डाइभर्सन बनाउन सुरु भएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुन: निर्माण गर्न लागेको हो । पानीको बहाव कम हुँदै गएकोले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिइन् । ‘प्लान बन्दै छ, चौकीडाँडाको एक स्थानबाट भन्दा पनि ३/४ स्थानबाट सडक बनाउन शुरु गर्ने भन्ने छ । सम्भावना भयो भने हाम्रो मेशीनहरु जहाँजहाँ छन त्यहि स्थानहरुमै डाइभर्सन निर्माण सुरु गर्छौं,’ अधिकारीले भनिन् ।

रोशी खोलाको किनारै किनार सडक लैजानुपर्ने र पानीको धार पनि भित्तासम्मै टासिएको हुनाले सडकको डाइभर्सन पुन:निर्माणमा समस्या भएको अधिकारीको भनाइ छ । डाइभर्सन बनाउन सुरु गर्नुअघि सरोकारवालाबीचमा एक अर्कालाई सहयोग गर्ने निर्णय भएको छ । नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरु निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ । बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुन: बगाइदिएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन