दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

सारांश

  • जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ ।
  • कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।
  • त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए ।

२० असोज, तनहुँ ।

जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।

त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए । बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो ।  लमजुङ कारागारबाट ६ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।

दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ । आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले भने- ‘एक सयको हाराहारीमा कैदीबन्दी कारागार आउन सक्छन्, तर केही जघन्य अपराधका कैदीबन्दी फरार हुन सक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने
बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
एकै पटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)
एकै पटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
राष्ट्रियसभा बैठक बस्ने
राष्ट्रियसभा बैठक बस्ने
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
वायु प्रदूषणका कारण उडानहरू प्रभावित