आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
४४ पटक हेरिएको
Shares
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी

सारांश

  • पछिल्लो १७ वर्षमा समावेशी समूहबाट २५ हजार २१८ कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन्।
  • लोकसेवा आयोगको वार्षिक प्रतिवेदनले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।
  • वार्षिक प्रतिवेदन अनुसार आयोगले वि.

१४ असोज, काठमाडौं।

पछिल्लो १७ वर्षमा समावेशी समूहबाट २५ हजार २१८ कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन्। लोकसेवा आयोगको वार्षिक प्रतिवेदनले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। वार्षिक प्रतिवेदन अनुसार आयोगले वि.सं. २०६४ सालदेखि प्रचलित कानुनमा तोकिएका समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको छ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। जसमा २०६४ सालदेखि २०८०/०८१ को अवधिमा विभिन्न छ समावेशी समूहबाट विज्ञापन गरिएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा मात्रै समावेशी विज्ञापनबाट कुल १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। जसमा महिलातर्फ ३४१, आदिवासी/जनजातितर्फ २८२, मधेशीतर्फ २४८, दलिततर्फ १०४, अपाङ्गतर्फ ४९ र पिछडिएको क्षेत्रतर्फ ४२ उम्मेदवार सिफारिस भएका छन्। आर्थिक वर्ष २०८०/०८१ मा सबै समावेशी समूहका उम्मेदवार खुला विज्ञापनतर्फका प्रतिस्पर्धामा समेत सिफारिस भएका छन्। पछिल्लो यो एक आर्थिक वर्ष सहित ‘विगत १७ वर्षमा सबै समावेशी समूहबाट गरी कुल २५ हजार २१८ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्’ आयोगको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?