१२ चैत्र २०८२, बिहीबार

ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी

१३ असोज, काठमाडौं ।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अन्य उच्च अधिकारीको बयान दसैँपछि लिने तयारी गरेको छ । आयोगले उनीहरूको विदेश यात्रा रोक्ने निर्णय गरिसकेको छ र बयानका लागि आयोगको अनुमति बिना उपत्यका छाड्न नपाउने व्यवस्था गरेको छ ।

जेनजी आन्दोलनको पहिलो दिन १९ प्रदर्शनकारीको मृत्यु भएको थियो भने दोस्रो दिन सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएका थिए । दुई दिनको घटनामा प्रहरीका अनुसार ७४ जनाको ज्यान गएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको संयोजकत्वमा बनेको तीन सदस्यीय आयोगले प्रभावकारी छानबिनका लागि विज्ञसहित थप जनशक्ति मागेको छ । यता, तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेले आयोगको राहदानी रोक्ने निर्णयप्रति आपत्ति जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?