अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख

सारांश

  • अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका दौरान जलाइएका २९ वटा सवारी साधनको मर्मत सम्भार गरेको छ ।
  • मर्मतमा झण्डै २३ लाख खर्च भएको छ ।
  • मन्त्रालयका अनुसार चार पाङ्ग्रे २९ वटा सवारी साधनको अप्रत्याशित र विशेष कारणबाट यथाशीघ्र मर्मत गर्न कोटेसन माग गरिएको थियो ।

१२ असोज, काठमाडौं ।

अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका दौरान जलाइएका २९ वटा सवारी साधनको मर्मत सम्भार गरेको छ । मर्मतमा झण्डै २३ लाख खर्च भएको छ । मन्त्रालयका अनुसार चार पाङ्ग्रे २९ वटा सवारी साधनको अप्रत्याशित र विशेष कारणबाट यथाशीघ्र मर्मत गर्न कोटेसन माग गरिएको थियो । सो अनुसार जगन्नाथ अटो केयर सिनामंगल काठमाडौंले २२ लाख ७८ हजार ९५० रुपैयाँमा सबैभन्दा कम मूल्यको प्रस्ताव गरेको थियो । सो कम्पनीमार्फत सवारी साधनको मर्मत गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यस वर्ष नयाँ सवारी साधन नकिन्ने बताएको छ । निर्वाचन प्रयोजन बाहेक अन्य निकायहरुले समेत नयाँ गाडी किन्न पाउने छैनन् । जेनजी युवा आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा दर्जनौं सरकारी गाडीहरुमा आगजनी भएको थियो । आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । तर सरकारी कार्यालयहरुले संकलन गरेको प्रारम्भिक विवरणमा आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सरकारी गाडी काठमाडौंमा मात्रै नष्ट भएका हुन् । दुईपांग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
गृहमन्त्रालय शिक्षामा र शिक्षा मन्त्रालय केशरमहलमा सारिने
गृहमन्त्रालय शिक्षामा र शिक्षा मन्त्रालय केशरमहलमा सारिने
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री