अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो

सारांश

  • अभिनेताबाट नेता बनेका तमिल सिनेमाका सुपरस्टार विजय थलापतिको र्‍यालीमा शनिबार साँझ भागदौड मच्चिँदा मृत्यु भएकाको संख्या ३९ पुगेको छ।
  •   तमिलनाडुको करुरमा आयोजित उनको र्‍यालीमा भएको भागदौडमा मरेकाहरूमा १० बालबालिका र १६ महिला पनि छन्।
  • भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ र पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिँदैछ।

१२ असोज, काठमाडौं ।

अभिनेताबाट नेता बनेका तमिल सिनेमाका सुपरस्टार विजय थलापतिको र्‍यालीमा शनिबार साँझ भागदौड मच्चिँदा मृत्यु भएकाको संख्या ३९ पुगेको छ।  तमिलनाडुको करुरमा आयोजित उनको र्‍यालीमा भएको भागदौडमा मरेकाहरूमा १० बालबालिका र १६ महिला पनि छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ र पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिँदैछ। बाँकी पाँच जनाको शव पहिचान गर्ने प्रक्रिया जारी छ।

उक्त दुर्घटनामा विवाह भएको एक वर्ष मात्र भएको तिरुचिरापल्ली जिल्लाका थमराइक्कननको पनि मृत्यु भएको छ। उनकी श्रीमती नौ महिनाकी गर्भवती थिइन्। यस्तै भागदौडमा करुरको विश्वनाथपुरी क्षेत्रकी हेमलता र उनका दुई छोरीको पनि मृत्यु भएको छ।  २८ मृतक करुर जिल्लाका बासिन्दा थिए, जसमध्ये सात जना एउटै गाउँका थिए।  मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?