२६ जेष्ठ २०८२, आईतवार

पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार

७ पुस, पोखरा ।  कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पराजुली पक्राउ पुर्जी जारी भएपछि सम्पर्क बिहिन भएका छन् । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार थिए । मित्रमिलन सहकारीको रकम अपचलन अभियोगमा अहिलेसम्म पाँच जना पक्राउ परिसकेका छन् ।

पोखरा २१ का वडाध्यक्षसहित केही व्यक्ति अझै फरार छन् । अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको छ । मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकको बयानमा खुलेको र छानबिनका क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ । कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले फरारहरुको खोजी भइरहेको र अनुसन्धान जारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?