२३ माघ २०८२, बिहीबार

मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली

११ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले जेनजी आन्दोलनमा गोली चलाउन कुनै निर्देशन नदिएको बताएका छन्। सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै देशमा रक्तपात नहोस् भन्ने पक्षमा रहे पनि भ्रम चलाइएको बताए। उनले भने, ‘आन्दोलनका क्रममा कुनै क्षति नहोस् भन्ने पक्षमा थिए, म जानकारी लिइरहेकै थिए। गोली चलेको सुनेपछि त्यो परिस्थिति कसरी पुग्यो भन्दै मैले सोधेको थिए।

१६ जनाको मृत्यु भइसकेको सुनेँ, मैले सोधे कसरी गोली चल्यो ? सुरक्षाकर्मीले त खुट्टा मुनि गोली हान्ने हो तर, तर टाउकामा गोली लागेको छ। म सोध्दै छु यस्तो किन भइरहेको छु।’ देशमा उपद्रो मच्याउनेहरुले गोली चलाउन केपी ओली दोषी भन्दै भ्रम फैलाएको दाबी गरे। उनले त्यस घटनाबारे सरकारले गठन गरेको आयोगको प्रतिवेदन पर्खिनुपर्ने बताए। उनले प्रधानमन्त्रीले गोली चलाउन आदेश नदिने र थाहा पनि नपाउने बताए।

Post Comment

छुटाउनुभयो कि ?