नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
९ असोज,काठमाडौँ ।
नागढुङ्गा-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभिरमा पहिरो खसेर अवरुद्ध सडक एकतर्फीरुपमा सन्चालनमा आएको छ । यहाँ बुधबार साँझ ७ बजेदेखि सडक अवरुद्ध भएको थियो। त्यस्तै, जवाङ खोलामा राति ८ बजेदेखि साढे एक बजेसम्म अवरुद्द बनेको सडक अहिले बिहानबाट एकतर्फीरुपमा खुलेको छ। सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार बाधरेभिरमा राति ८ बजे देखि १ बजेसम्म अवरुद्ध सडक अहिले दुइतर्फीरुपमा खुलेको छ।

चुङ खोलामा पनि राति ११ बजेदेखि २ बजेसम्म पहिरो खसेर अवरुद्ध सडक अहिले एकतर्फी सन्चालन आएको सडक विभागले जनाएको छ । यता तुइन खोलामा भने थप पहिरो नखसेपनि पहिरो पन्छाएर सकिएको छैन। आज बिहानैबाट पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment