सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ

सारांश

  • सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
  • हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।
  • बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

७ असोज, काठमाडौं ।

सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।

सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो । परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् । सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो ।

यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए । अपहरणकारीले हिन्दीमा पठाएको सन्देश यस्तो थियोतुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
जनकपुरधाममा आजदेखि प्रदेश स्तरिए कबड्डी प्रतियोगिता सुरु हुँदै
जनकपुरधाममा आजदेखि प्रदेश स्तरिए कबड्डी प्रतियोगिता सुरु हुँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा
लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत