विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री

सारांश

  • गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् ।
  • निर्वाचन आयोगमा बिहीबार भएको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।
  • समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।

२ असोज, काठमाडौं ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् । निर्वाचन आयोगमा बिहीबार भएको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।

‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो ।’ मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो ।

‘सकिएन भने पनि जहाँ हाम्रो राजदूतावास छ त्यहाँबाट प्रयास गर्नुपर्छ । राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउने प्रयास गरौं भन्ने छ,’ उनले आयोगमा ब्रिफिङ गर्ने क्रममा भने, ‘उहाँहरूलाई हामीले निर्वाचनमा मतदान गर्ने अवसरबाट बञ्चित गर्न हुँदैन । नेपाल सरकारबाट गर्न सक्ने हामीले गर्छौं, मलाई लाग्छ निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन २९ देखि पूरक परीक्षा हुने
साउन २९ देखि पूरक परीक्षा हुने
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना
मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक