१५ वर्षिय बालक अपहरण, फिरौती माग ५ करोड
६ असोज, सिरहा ।
सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिइ बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् ।असोज ५ गते राती ८ः३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्केका अभिषेक बेपत्ता भए । अभिषेककी आमा , बाजे र बज्यैले रातभरी गाउँ चाहारे तर बालक अभिषेक भेटिएनन् । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो ।

फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको र अभिषेक सिंह परिवारको एक मात्र वारिस भएको वृद्धवयका बाजे लक्ष्मण सिंहले बताए । नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्यान्हमा आएर इलाका प्रहरी कार्यालय गोलबजारमा लिखित जाहेरी दिएका छन् । बालक अपहरणको सूचना पाएपछि प्रहरी अनुसन्धान , खोज तलास र उद्धारका लागि परिवारजनले आफ्नो नाम र घटनाको नालीबेली बताउन चाहदैनन् ।




Post Comment