२४ माघ २०८२, शुक्रबार

उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए

३ असोज, काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधानहरू जलेको पाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार ३४६ सवारीमा क्षति भएको हो ।

जसमध्ये चार पांग्रे हेभी सवारी २४ वटा छन् । चार पांग्रे नै लाइट गाडी १०४ जना जलाइएको छ । दुई पांग्रे सवारी २१८ गरी ३४६ सवारी जलाइएको प्रहरीले बताएको छ । ठूलो मात्रामा सवारी जलेका कारण दैनिक पुलिसिङ तथा ड्युटीमा समेत असर परेको प्रहरीले बताउँदै आएको छ । केही संस्थाहरूले भने अहिले विभिन्न प्रहरी चौकी तथा बिटहरूलाई मोटरसाइकल हस्तान्तरण समेत गर्न थालेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?