Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
५१ पटक हेरिएको
Shares
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ

सारांश

  • गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।
  • खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
  • बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो ।

२ असोज, काठमाडौं ।

गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो । काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिनसकेको प्रहरीले बताएको छ ।पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । प्रहरी वृत्त बौद्धको भवन पुरै जलेकाले राख्ने हिरासत नभएकाले परिसर पठाइएको हो ।घाइते महिलालाई उपचारका लागि शंकरापुर अस्पताल नारायणटार पठाइएको छ । ती महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
समिति गठन गरेर ४० सहकारीको नियमित र आकस्मिक अनुगमन गर्दै महानगर
समिति गठन गरेर ४० सहकारीको नियमित र आकस्मिक अनुगमन गर्दै महानगर