लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

सारांश

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
  • आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो ।
  • कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ ।

३० भदौ, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो ।

कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ । चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

जेनजीको प्रदर्शनमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत उपकरणहरू चोरी भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो
माओवादीको केन्द्रीय कार्यालय पनि जल्यो
माओवादीको केन्द्रीय कार्यालय पनि जल्यो
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ