आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
१६ पटक हेरिएको
Shares
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।
  • जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
  • यस्तै,कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२९ भदौ, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । यस्तै,कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै महाशाखाका अनुसार आज राति देशभर साधरणतया बदली रहनेछ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनअनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन
एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली
३९.९२ अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार
३९.९२ अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो