कारागार फर्कन तयार भए रवि लामिछाने
२५ भदौ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी प्रक्रिया पूरा गरेर कारागार फर्कन सहमत भएका छन् । शुक्रबार अपरान्ह कार्यवाहक सभापति डिपी अर्याल, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्तापछि यस्तो सहमति बनेको हो । भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले भने, ‘प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी खबर गरेपश्चात अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ ।’

यसअघि जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारमा रहेका कैदीबन्दीलाई भिडले बाहिर ल्याएको थियो । सोहीक्रममा सभापति लामिछाने पनि बाहिरिएका थिए । तर, अहिले उनी पुनः कानुनी प्रक्रियाअनुरूप कारागार फर्कन इच्छुक रहेको प्रवक्ता झाले स्पष्ट पारे ।

Related posts:
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प...



Post Comment