१४ चैत्र २०८२, शनिबार

शीतल निवासबाट बाहिरिए प्रधानसेनापति

२७ भदौ, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरी प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन  शीतल निवासबाट बाहिरिएका छन् । प्रधानसेनापति सिग्देलले राष्ट्रपति पौडेलसँग आधा घण्टा छलफल गरेका थिए ।

छलफलको विषय आधिकारिक रुपमा सार्वजनिक नभए पनि विकसित पछिल्लो घटनाक्रम अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ । आजै जेन-जीले प्रधानमन्त्रीका रुपमा अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोलीले राष्ट्रपतिसँग छलफल गर्ने छ।

Post Comment

छुटाउनुभयो कि ?