जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
२७ भदौ, काठमाडौं ।
जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सुरु गरिएको छ । बिहीबारसम्म आइपुगेका ३६ शवमध्ये दुई महिलाको रहेको र सबैको पोस्टमार्टम प्रक्रिया सुरू गरिएको अस्पतालका सुचना अधिकारी काली प्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रियाहरू पुरा गरेर पोस्टमार्टम सुरु गरिएको छ ।
भदौ २३ र २४ भएको आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु र १७६० जना घाइते भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । मन्त्रालयको तथ्यांक अनुसार, कुल घाइतेमध्ये ३२२ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने १३३० जना उपचारपछि घर फर्किएका छन् । गम्भीर अवस्थाका ७२ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ ।





Post Comment