भैरहवामा निकालियो सद्भाव र्‍याली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
४८ पटक हेरिएको
Shares
भैरहवामा निकालियो सद्भाव र्‍याली

सारांश

  • रूपन्देहीको सिद्वार्थनगरमा रहेका एक दर्जन पेसागत र व्यावसायिक संघसंस्थाले शुक्रबार बिहान भैरहवामा सद्भाव र्‍याली निकालेका छन् ।
  • गत मंगलबार प्रदर्शनकारीले सरकारी कार्यालय, व्यक्तिका घर र निजी प्रतिष्ठानमा ताेडफाेड र आगजनी गरेपछि सुनसान भैरहवामा चहलपहल फर्काउन सद्भाव र्‍याली निकालिएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
  • लुम्बिनी प्रेस क्लवकाे अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्वार्थ उद्योग वाणिाज्य संघ, च्याम्बर अफ कमर्स रुपन्देही, सिद्वार्थ सञ्जाल, सिद्धार्थ यातायात प्रालि, भैरहवा मर्निङ वाक ग्रुप लगायत एक दर्जन संघसंस्था सहभागी थिए ।

२७ भदौ, भैरहवा ।

रूपन्देहीको सिद्वार्थनगरमा रहेका एक दर्जन पेसागत र व्यावसायिक संघसंस्थाले शुक्रबार बिहान भैरहवामा सद्भाव र्‍याली निकालेका छन् । गत मंगलबार प्रदर्शनकारीले सरकारी कार्यालय, व्यक्तिका घर र निजी प्रतिष्ठानमा ताेडफाेड र आगजनी गरेपछि सुनसान भैरहवामा चहलपहल फर्काउन सद्भाव र्‍याली निकालिएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

लुम्बिनी प्रेस क्लवकाे अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्वार्थ उद्योग वाणिाज्य संघ, च्याम्बर अफ कमर्स रुपन्देही, सिद्वार्थ सञ्जाल, सिद्धार्थ यातायात प्रालि, भैरहवा मर्निङ वाक ग्रुप लगायत एक दर्जन संघसंस्था सहभागी थिए । भैरहवाकाे बेलहिया नाकाबाट सुरु र्‍याली देवकोटा चाेक हुँदै बुद्धचाेकमा पुगेर समापन भएकाे थियाे । सबै उद्योगी, व्यवसायी आफ्ना प्रतिष्ठान बन्द गरेर बसेकाे अवस्थामा उनीहरूलाई मनाेबल प्रदान गर्न सद्भाव र्‍याली आयाेजना गरिएको लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले जनाए । सद्भाव र्‍यालीमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टाेकराज पाण्डे पनि सहभागी थिए । प्रशासनले शुक्रबारबाट जिल्लामा कर्फ्यु हटाएकाे छ । यस्ता सद्भाव र्‍यालीले जनजीवन सामान्य तुल्याउन सहयोग पुर्‍याउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
खोलाले बगाएर दुई बालबालिका बेपत्ता
खोलाले बगाएर दुई बालबालिका बेपत्ता
भारतलाई विश्वकप जिताएसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद
इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल