११ चैत्र २०८२, बुधबार

बनेपामा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

२६ भदौ, काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए ।

बुधबार साँझ नै बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको कारण नेपाली सेनाको बम बिस्पोजल टोलीले आज बिहान मात्र डिस्पोज गरेको थियो । बस्ती र अध्यारोको कारण बम डिस्पोज गर्न नमिलेपछि रातभर बमलाई नेपाली सेनाले घेरा हालेर सुरक्षित गरेको थियो । बनेपामा डेट एक्सपायर भएका ८ वटा सकेट बम फेला परेका थिए ।

Post Comment

छुटाउनुभयो कि ?