ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
२५ भदौ, विराटनगर ।
कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । जेनजी युवा समूहको आन्दोलनको क्रममा मंगलबार निशानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको हो । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो बलिरहेको छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको हो ।
‘आगोले नभेटेका सामग्री सग्लै थिए हिजो, तर आज बाँकी छैन’, सचिवालयमा रहेका एक कर्मचारीले भने’, आज बिहानसम्म चोरी रहेका थिए ।’ अराजक समूहले मुख्यमन्त्री कार्यालयमा आगाेले नभेटेका सबै सामान लुटेर लगेका छन् । मंगलबार राति अबेरसम्म मुख्यमन्त्री कार्यालयकाे सामान लुटेर लगेका थिए । कतै जलिरहेको छ, कतै खण्डहर जेनजी पुस्ताका नाममा भएको हिंसात्मक आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालय निसानामा परे । अराजक समूहले आगजनी गर्दा सरकारी संरचना जलेर नष्ट भएका छन् । कार्यालय आसपासको सडक खरानीमय छ ।
Post Comment