सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

सारांश

  • उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।
  • श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
  • महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।

२९ मंसिर, काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । साथै चुरोट खुद्रा बेञ्च रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धुमपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको थियो । तर, त्यसविरुद्ध अदालत गएका उद्योगहरुले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा १ वैशाख २०८१ देखि अनिवार्य रुपमा जैविक रुपमा सडेर जाने वायो डिग्रिडेजद जैविक वस्तुमा प्याकिङको व्यवस्था मिलाउने नीतिगत सुधार गर्ने घोषणा गरेको र त्यसअनुसार प्याकिङको व्यवस्था मिलाउने थप लगानी र तयारी गरेको दाबी गरेका छन् ।

उद्योगहरुले रितपूर्वक उद्योग सञ्चालन गरी कर तथा राजश्व तिर्दै आएको अजस्थामा जनस्वास्थ्य ऐनलाई आधार मानेर पूर्ण प्रतिबन्ध लगाउने महानगरको निर्णयले उद्योग व्यवस्थामा प्रतिकूल असर गरी अपूरणीय क्षति पुग्न सक्ने इजलासको ठहर छ । आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलिन निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा १२ मंसिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

हेर्नुहोस् अन्तरिम आदेश :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले ५ अर्ब ६० करोड अनुदान दिने, नगद सहयोग साढे तीन अर्ब
चीनले ५ अर्ब ६० करोड अनुदान दिने, नगद सहयोग साढे तीन अर्ब
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की
४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की
दोस्रो खेलमा पनि अमेरिकाविरुद्ध नेपालको शानदार जित
दोस्रो खेलमा पनि अमेरिकाविरुद्ध नेपालको शानदार जित
३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट
३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का