२५ भाद्र २०८२, बुधबार

डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी

२५ भदौ, काठमाडौं ।

डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए ।

अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment