नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
२५ भदौ, काठमाडौं ।
मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य आग्रहसमेत गरेको छ । सेनाले काठमाडौं र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको हो ।
सेनाले नयाँ बानेश्वरमा बैंक लुटपाटमा संलग्न पाँच, भक्तपुर र काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको हो । दुई दिनदेखि चर्किएको जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment