सरकारी वकिलको कार्यालयमा आगजनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सरकारी वकिलको कार्यालयमा आगजनी

सारांश

  • जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन् ।
  • माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।
  • सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।

२४ भदौ, काठमाडौं ।

जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन् । माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो । सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि राज्य प्रशासनले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ । सोमबारको प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको गोली लागेर ज्यान गएको छ । यो सँगै मृतकको संख्या २१ पुगेको छ । प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?