मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
५९ पटक हेरिएको
Shares
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

सारांश

  • मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।
  • जनमतका अध्यक्ष डा.
  • सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन्।

२४ भदौ, जनकपुरधाम।

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन्।

वक्तव्य देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ। नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।

संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै, समस्या समाधानको एक मात्र बाटो संवाद, आपसी समझदारी र सहकार्य हो भन्ने मेरो दृढ विश्वास कायम रहनेछ। म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनु हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु । साथै यो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकामा जनमत पार्टीका श्रदेय राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतज्यू सहित पार्टीका सबै समिति, नेता, कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
कोटेश्वरको भाटभटेनीमा तोडफोड
कोटेश्वरको भाटभटेनीमा तोडफोड
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा