सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

सारांश

  • काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।
  • बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले त्यसका लागि महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने जानकारी दिए ।
  • अनुगमनका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले त्यसका लागि महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने जानकारी दिए । अनुगमनका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ । त्यस्तै महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए उक्त स्थानबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिवाना गराउने छ ।

सार्वजनिक स्थलको एकसय मिटर वरिपरि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न समेत नपाइने महानगरले जनाएको छ । महानगरले यसअघि प्लाष्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थ विक्री वितरणमा निषेध गर्ने सूचना जारी गरेको थियो । काठमाडाँै महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ सुर्तीजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार यो व्यवस्था लागु गर्न लागेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन