देशभर साढे ५८ लाख सवारीसाधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
४६ पटक हेरिएको
Shares
देशभर साढे ५८ लाख सवारीसाधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल

सारांश

  • देशभरि दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ ।
  • यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारीसाधन दर्ता भएको देखिएको छ ।
  • देशभरि दर्ता भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

२२ भदौ, काठमाडौं ।

देशभरि दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारीसाधन दर्ता भएको देखिएको छ । देशभरि दर्ता भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । २०८१/८२ सम्म ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् । अहिले देशभरि ३ लाख ६६ हजार ७ सय २३ कार/जिप/ट्याक्सी रहेको विभागको तथ्यांक छ ।

नेपालमा प्रजातन्त्र आएको वर्ष अर्थात् आव २०४६/४७ मा नेपालमा ७६ हजार ३ सय ७८ सवारीसाधन थिए । त्यसयता साढे ३ दशकमा सवारीसाधन संख्या उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार नेपालमा ७१ हजार ५ सय ७७ बस गुड्ने गरेको पाइएको छ । मिनिबस/ट्रक संख्या ४१ हजार ९ सय ८६ छ । क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर संख्या भने १ लाख २९ हजार १ सय १९  देखिन्छ । पिकअप गाडी संख्या ९१ हजार ४ सय ८३ छ ।

त्यस्तै माइक्रोबस १२ हजार ५ सय ७५, टेम्पो १ लाख ११ हजार ३ सय ५२ र ट्याक्टर १ लाख ९० हजार ६४ रहेको तथ्यांक छ । दर्ता भएका ई–रिक्सा ७३ हजार ६ सय ६ र अन्य १७ हजार ८ सय ७५ गरी देशभरि कुल ५८ लाख ५० हजार ४ सय ३२ सवारीसाधन दर्ता भएको देखिएको छ । गत आव २०८१/८२ मा मात्र २ लाख ४२ हजार ४ सय ४१ सवारीसाधन दर्ता भएका थिए । त्यसबेला २ हजार ५ सय ८८ बस दर्ता भएका थिए । त्यस्तै १५ हजार ९९ कार थपिएका छन् । मोटरसाइकल भने १ लाख ९६ हजार २ सय ११ वटा थप भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
करोडौँको योजना कार्यान्वयन हुन सकेन
करोडौँको योजना कार्यान्वयन हुन सकेन
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार
नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल