Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
३७ पटक हेरिएको
Shares
निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित

सारांश

  •   जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ।
  •   निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बराललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन्।
  • सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ लगायत उपस्थित थिए।

२२ भदौ, काठमाडौं । 

जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ।  निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बराललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन्।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ लगायत उपस्थित थिए। ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज निजामती सेवा दिवस मनाइँदै छ।

 

तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउन थालिएको हो। निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री केशी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल लगायतले शुभकामना दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना
अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
खैरो हेरोइनसहित ५ जना पक्राउ
खैरो हेरोइनसहित ५ जना पक्राउ
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई