देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
काठमाडौं । सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल चलाएका छन् । उनले फेसबुकमा हिजो आफ्नो सार्वजनिक कार्यक्रमसँग सम्बन्धित एउटा पोस्ट गरे ।
देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरू हालेका थिए । उक्त पोस्टमा सयौँ कमेन्टहरू आएका छन्, अधिकांश नकारात्मक । त्यसमध्ये एउटा छ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको । साहले देउवाको कमेन्ट बक्समा गएर कटाक्षपूर्ण टिप्पणी गरेका हुन् । देउवाले भीपीएनको सहारामा फेसबुक चलाइरहेको छ र आफूले पनि चलाउने गरेको बालेनको संकेत छ । भिपिएन चलाउन गाह्रो हुने अनुभव उनले सुनाएका छन् । उनले लखेका छन्, ‘यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी । सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’
Post Comment