हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग

सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धिमा गाडीले बालिकालाई ठक्कर दिने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।
  •   आफू सवार सरकारी गाडीले बालिकालाई ठक्कर दिएपछि भागेको आरोप लगाउँदै थापाले प्रदेशमन्त्री मगरलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन्।
  • थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भाग्ने गैरजिम्मेवार र अमानवीय कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गरियोस् र कानुनबमोजिम कारबाही होस्।

२२ भदौ, काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धिमा गाडीले बालिकालाई ठक्कर दिने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।  आफू सवार सरकारी गाडीले बालिकालाई ठक्कर दिएपछि भागेको आरोप लगाउँदै थापाले प्रदेशमन्त्री मगरलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भाग्ने गैरजिम्मेवार र अमानवीय कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गरियोस् र कानुनबमोजिम कारबाही होस्।’

तर मन्त्री मगरले भने भागेको नभई ‘घटनापछि नचिनेको ठाउँमा बसिरहनु उपयुक्त नलागेको र तुरुन्तै प्रहरीलाई खबर गरेको’ दाबी गरेका छन्।  शनिबार बिहान सवा ७ बजेतिर एमाले विधान महाधिवेशन प्रतिनिधिसमेत रहेका कोसीका मन्त्री मगर को १ झ ६९९ नम्बरको सरकारी गाडीमा महाधिवेशन स्थल गोदावरीतर्फ जाँदै गर्दा गाडीले हरिसिद्धिस्थित माध्यमिक विद्यालयअगाडि सडकमा स्थानीय ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो। विरोधमा स्थानीयले केही बेर सडकसमेत अवरुद्ध गरेका थिए।  सामान्य घाइते भएकी बालिकालाई बीएन्डबी अस्पताल पठाउँदै एमालेले सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा गरेको थियो।

उक्त दुर्घटनाकै कारण एमाले विधान महाधिवेशनको बन्दसत्र शनिबार निर्धारित समय बिहान ८ बजेभन्दा एक घण्टा ढिला भएको थियो। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भवितव्यले भएको घटनालाई राजनीतीकरण गर्न खोजिएको आरोप लगाएका थिए। साथै उनले बालिकालाई गाडीले सामान्य रूपमा छोएको र उपचार खर्च सबै आफ्नो पार्टीले बेहोर्ने घोषणा गरेका थिए।  बीएन्डबी अस्पतालमा भर्ना भएकी बालिका २ घण्टापछि डिस्चार्ज भएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति
भारतको राजधानी दिल्लीमा बम विस्फोट
भारतको राजधानी दिल्लीमा बम विस्फोट
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै
बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
राष्ट्रपति पौडेल पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेल पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै